Samsung Galaxy F54 को नेपालमा मूल्य, र उपलब्धता

Samsung Galaxy F54 को नेपालमा मूल्य, र उपलब्धता

सामसुङ ग्यालेक्सी F54 को 8/256GB भेरियन्ट मेटियर ब्लू, र स्टारडस्ट सिल्भर कलर विकल्पहरूको लागि नेपालमा मूल्य 52,499 रुपैयाँ छ। सामसुङ नेपालले बजेट र मिडरेन्ज फोन ग्यालेक्सी एफ५४ सार्वजनिक गरेको छ । यो Galaxy A54 सँग मिल्दोजुल्दो छ तर Galaxy M54 को रिब्रान्डेड संस्करण हो। फोनमा प्लास्टिक ब्याक, मेटालिक क्यामेरा लेन्स र तौल १९९ ग्राम छ। यसमा ६.७ इन्चको सुपर एमोलेड प्लस डिस्प्ले गोरिल्ला ग्लास ५ सुरक्षा र १२० हर्ट्ज रिफ्रेस रेट रहेको छ। Galaxy F54 Samsung को Exynos 1380 5G चिपद्वारा संचालित छ र यसमा 8GB RAM, 128GB वा 256GB भण्डारण छ, र 108MP प्राथमिक क्यामेराको साथ ट्रिपल क्यामेरा सेटअप छ। यो एन्ड्रोइड १३ मा आधारित One UI 5.1 मा चल्छ र 25W चार्जिङ सपोर्टको साथ 6000mAh ब्याट्री छ।

Previous Post Next Post